थानकोटमा नेपाल संवत् ११४४ को स्वागत (भिडियो हेर्नुहोस्)
थानकोट ।
नेपाल संवत् ११४४ मंगलबारदेखि सुरु भएको छ ।
नेपाल संवत् को नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान चन्द्रागिरि नगरका विभिन्न स्थानमा सांस्कृतिक पहिरनसहित र्याली निकालेका छन् ।
चन्द्रागिरि नगरपालिका ०४ थानकोटमा र्यालीमा सहभागीहरू नेवारी भेषभूषामा सजिएका थिए ।
स्थानीय महालक्ष्मी युवा क्लबको अगुवाइमा वडा कार्यालयबाट निस्किएको र्याली गणेश मन्दिर परिक्रमा गरि सिलाफलमा स्थापना भएको राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गर्दै सकिएको थियो ।
साख्वाले वि.सं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए ।
नेपाल संवत् ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको बताइन्छ ।
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।











