नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, संसदीय दलको नेता चयन गर्ने

Thankot Times

थानकोट ।

संसदीय दलको नेता चयन गर्न नेपाली कांग्रेसको बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

बैठकमा पार्टी सभापति गगनकुमार थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।

त्यस्तै, दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ ।

निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयनसम्बन्धी प्रक्रियालाई अन्तिमरूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

कांग्रेसको संसदीय दलको नेता चयन गर्न गत शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन भए पनि सहमतिको लागि भन्दै स्थगन गरिएको थियो ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउन चाहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *