स्थानीय तहको सिमाना र सङ्ख्या हेरफेरः चन्द्रागिरि नगर समेत समेटेर ‘काठमाडौँ मेट्रो सिटी’को अवधारणा
थानकोट ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा झण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू पेश भएका छन् ।
मन्त्रालयमा पेश भएको प्रस्तावहरू समेत अध्ययन गरेर नेपाल नगरपालिका संघले दुई महिनाअघि अर्को छुट्टै प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको छ ।
अरु ९७ वटा प्रस्तावहरू विभिन्न समयमा स्थानीय तहबाट प्रदेश सरकार हुँदै मन्त्रालयमा पुगेका हुन् ।
नेपाल नगरपालिका संघको आफ्नो प्रतिवेदनमा देशभर वडा र स्थानीय तह गरी ८३ वटा वडाहरूमा सीमा, कार्यक्षेत्र र निकटताको समस्या रहेको उल्लेख छ ।
उसले ती ठाँउका किचलोहरू तत्काल व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ ।
नेपाल नगरपालिका संघले काठमाडौँ उपत्यकाका नगरपालिकाहरूबीचको भौगोलिक र आर्थिक अन्तर सम्बन्धलाई ख्याल गर्नुपर्ने भन्दै ‘उपत्यकाव्यापी संयन्त्र’ को रूपमा ‘काठमाडौँ मेट्रो सिटी’को अवधारणा कार्यान्वयन गर्न भनेको छ ।
अनलाइन खबरबाट ।













