जथाभावी फोहोर जलाएको दक्षिणकाली नगर प्रहरी बलले फेला पारेपछि
थानकोट ।
जथाभावी फोहोर जलाएको फेला परेपछि दक्षिणकाली नगर प्रहरी बलले ठाउँको ठाउँ जरिवाना तिराएको छ ।
दक्षिणकाली नगर प्रहरी बलका अनुसार दक्षिणकाली मन्दिर जाने सडक नजिकै ध्वजा र फोहोर बालिरहेको अवस्थामा सो सँग सम्बन्धित व्यक्तिहरूलाई पहिलोपटकका लागि पाँच हजार रूपैयाँ जरिवाना तिराइएको हो ।
दक्षिणकाली नगरको आर्थिक ऐन अनुसार सो कारबाही गरिएको दक्षिणकाली नगरप्रहरी बलले जनाएको छ ।














