काठमाडौं महानगरले सैनिक मञ्चमा महानगर दिवस मनाउने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउने भएको छ ।

शुक्रबार बसेको महानगरको २५ कार्यपालिका बैठकले महानगर दिवस सैनिक मञ्च टुडिखेलमा मनाउने निर्णय भएको मेयर बालेन्द्र शाह (बालेन)सो बताएका छन् ।

यही मंसिर २९ गते महानगरले विभिन्न कार्यक्रमसहित महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउन लागेको हो ।

यस अघिका वर्षमा महानगर दिवस बसन्तपुरको डबलीमा मनाइँदै आइएकोमा अहिलो क्षेत्रमा नो भेहकल जोन तथा साउण्ड, स्पिकर निषेध गरिएकोले स्थान परिवर्तन गरिएको प्रमुख शाहले जानकारी दिए ।

सोही अनुरूप तयारी गर्न मेयर बालेन शाहले कार्यपालिका बैठकमा वडा अध्यक्षहरुलाई आग्रह गरेका छन ।
उपप्रमुख सुनिताले यो वर्ष फरक र उर्जावान ढंगले मनाउने भएकोले सबैले सक्रिय रुपमा सहभागी भईदिन आग्रह गरिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *