६ वर्षका पारा तेक्वान्दोका खेलाडी लाक्पादोर्जेलाई प्रायोजन गर्ने समाजसेवी लामाको घोषणा
थानकोट ।
थानकोटका ६ वर्षीय लाक्पादोर्जे लामालाई सबै प्रतियोगितामा प्रायोजन गर्ने समाजसेवी ईश्वर लामाले घोषणा गरेका छन्।
बिहीबार मच्छेगाउँस्थित मत्स्य फुटसल एरिनामा सम्पन्न चन्द्रागिरि च्याम्पियन्स कप फुटसल प्रतियोगिताको पुरस्कार वितरण समारोहमा समाजसेवी लामाले सो घोषणा गरेका हुन् ।
प्रतिभावान लाक्पादोर्जे लामालाई मैले उनले खेल्ने हरेक खेलमा व्यक्तिगत रूपमा प्रायोजन गर्नेछु- समाजसेवी लामाले भने ।
लाक्पा चन्द्रागिरिकै मात्र नभइ देशकै शानका रूपमा हुर्कन सक्ने भन्दै लामाले उनको प्रतिभाको कदर गर्दै आफुले प्रायोजनको घोषणा गरेको बताए ।
जन्मजात दुवै हात नभएका लाक्पादोर्जे हाल तेक्वान्दोको प्रशिक्षण गरिरहेका छन् ।














