थानकोट-चित्लाङ सडकमा एकैपटक ५४ वटा रोयल एन्फिल्ड मोटरसाइकलको ताँती !
थानकोट ।
रोयल एन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा अटोमोटिभले काठमाडाैं-चित्लाङ्ग मोटरसाइकल राइड गराएको छ।
शनिबार विहान नक्सालबाट सुरु भएको मोटरसाइकल राइडिङ कलंकी, नैकाप, थानकोट चेकपोष्ट, चन्द्रागिरि भञ्ज्याङ्ग हुँदै थाहा नगरपालिकाको चित्लाङ्गसम्म पुगेको थियो ।
महिला पुरुष गरि ६५ जना सहभागी भएको राइडिङमा ५४ वटा मोटरसाइकल सामेल गरिएका थिए ।
आन्तरिक पर्यटन प्रवर्द्धनका उद्देश्यले आयोजित राइडमा पुनः नक्सालमै पुगेर सकिएको छ ।
राइडिङमा सहभागीहरूले काठमाडाैंबाट छोटो दुरीमा रहेको चर्चित पर्यटकीय गन्तव्यमा पुग्दा रमाइलो अनुभव भएको बताए ।
सो सडकको चन्द्रागिरि तर्फको सडक धुलाम्मे छ भने मकवानपुरपट्टीको खण्डको अधिकांश क्षेत्रमा कालोपत्रे भइसकेको छ ।
अल्फा अटोमोटिभले गतसाता काठमाडाैंमा राइडिङ सम्पन्न गरिसकेको छ ।

-उत्तम कार्की










