जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरिका दुर्गालाल महर्जनसहित २१ जना पक्राउ
थानकोट ।
काठमाडौंको गौशालाबाट प्रहरीले २१ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-८ सिफलस्थित रोहित गुरुङ र जुनु गुरुङले भाडामा लिएर संचालन गरेको दुई वटा जुवा खालबाट आरोपीहरु पक्राउ परेका हुन् ।
जुवा खालबाट ५ लाख ११ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताए ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भएका मोतिलाल तामाङ, दोरम्बा घर भएका जंग बहादुर तामाङ, सिन्धुपाल्चोक घर भएका जयराम कार्की, चितवनका कमन सिंह घिसिङ्ग, काठमाडौंको नागार्जुन घर भएका शरण बहादुर गुरुङ र चन्द्रागिरि घर भएका दुर्गालाल महर्जनसहित २१ जना छन् ।
जुवा खाल संचालन गर्ने ओखलढुंगा घर भएकी ३९ वर्षीया जुनु गुरुङ, गोरखा घर भएकी ३९ वर्षीया सिता भुजेल र ३३ वर्षीया सन्तमाया गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आरोपीहरुविरुद्ध प्रहरीले जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।













