आजको मौसम पूर्वानुमान जान्नुहोस्
थानकोट ।
देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आइतबार (कात्तिक १) दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
देशको हिमाली भू–भाग तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।














