मर्स्याङ्दी-काठमाडाैं २२० केभी प्रसारण लाइन प्रभावित चन्द्रागिरिका स्थानीयलाई क्षतिपूर्ति दिइँदै
थानकोट ।
मर्स्याङ्दी-काठमाडाैं २२० केभी प्रसारण लाइन प्रभावित चन्द्रागिरि नगरका व्यक्तिहरूका लागि क्षतिपूर्ति लिन आयोजनाले सूचना जारी गरेको छ ।
तनहुँको मार्किचोक सबस्टेशनदेखी गोरखा, चितवन, धादिङ हुँदै चन्द्रागिरि नगरपालिका २ वाँडभजञ्ज्याङसम्मको ८२ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन प्रभावित व्यक्तिका लागि प्राधिकरणले क्षतिपूर्ति बापत नगद प्राप्तिका लागि सूचना जारी गरेको बताइएको छ ।
साथै, आयोजनाले सो प्रसारण लाइनको दायाँबायाँ र टावर मुनि बनेका अनधिकृत संरचना यथासिघ्र हटाउन समेत सबैमा अनुरोध गरेको छ ।














