चन्द्रागिरि नगर क्षेत्रमा तापक्रम घट्दो, चिसाे बढ्दो

Thankot Times

थानकोट ।

उल्लेखनीय मौसमी प्रणाली नहुँदा अहिले बिहान नेपालको  सुदूरपश्चिम र कर्णालीप्र देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा आज बिहान ५ः४५ को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियसको बीचमा पुग्ने अनुमान जल तथा मौसम विज्ञान विभागको छ ।

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *