नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाल

Thankot Times

थानकोट ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बुधबार जनाएको छ ।

प्रहरी नायव महानिरीक्षक ढकाललाई ९८५१२-९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *