आफुखुसी टोल बस्तीको नामाकरण हुन थालेपछि कीर्तिपुर नगरमा साइन बोर्ड हटाउन सूचना

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले टोल बस्तीको नामाकरण आफुखुसी राख्न थालेपछि चेतावनीयुक्त सूचना जारी गरेको छ ।

गत माघ ३ गते एक सूचना जारी गर्दै नगरपालिकाले नगर क्षेत्रभित्र नगरपालिकाको स्वीकृति बिना आफुखुसी टोल बस्ती तथा गल्लीको नामाकरण गर्ने गरेको पाइएकोले सो कार्यले द्विविधा उत्पन्न भएको भन्दै सो प्रकारका काम नगर्न सबैमा अनुरोध गरेको छ ।

साथै, नगरले त्यस्ता नाम प्रयोग गरि राखिएका बोर्ड समेत यथासिघ्र हटाउन सम्बन्धित नगरबासीहरूमा अनुरोध गरेको छ ।

ती बोर्ड नहटाइएमा नगरले आफैं हटाउने समेत कीर्तिपुर नगरपालिकाले जनाएको छ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *