निःशुल्क विद्युत वितरण गर्ने निर्णय भएको छैन, भ्रमको पछि नलाग्नू- विद्युत प्राधिकरण

Thankot Times

थानकोट । 

नेपाल विद्युत् प्राधिकरणले निःशुल्क विद्युत् वितरण गरिएको भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।

नयाँ वर्षको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सय युनिट विद्युत् निःशुल्क वितरण गरेको भन्ने भ्रम छर्ने काम सामाजिक सञ्जालमा भइरहेको भन्दै यसमा सत्यता नरहेको स्पष्ट पारेको हो । 

लोगो दुरुपयोग गरी त्यस्तो हल्ला गरिएको भन्दै कपोकल्पित सूचनामा विश्वास नगर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणबाट जारी गरिएको आधिकारिक सूचनाबाहेकको हकमा प्राधिकरण जिम्मेवार नहुने समेत सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *