टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट ।

हेटाँडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

हेटौँडा उपमहानगरपालिका-१७ गैरीगाउँस्थित सडकमा मधेस प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका-२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *