नागढुङ्गा नाका हुँदै दुर्गा प्रसाईंको कार्यक्रममा प्रदर्शनकारीहरु भटाभट काठमाडाैं आउँदै

Thankot Times

थानकोट ।

राजतन्त्र पुनर्स्थापना, मीटरब्याज र लघुवित्त संस्थाको चर्को ब्याजबाट पीडितहरुको पक्षमा आन्दोलन गर्दै आएका दुर्गा प्रसाईंले आजदेखि पुनः राजधानी केन्द्रित आन्दोलन गर्न लागेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी हुन उपत्यका बाहिरका विभिन्न जिल्लाबाट सवारी साधनमा प्रदर्शनकारीहरु आएको बताइन्छ । 

उक्त अभियानमा सुदूर पश्चिमको कञ्चनपुर र पूर्वको झापादेखि मीटरब्याज पीडितहरु पैदल यात्रा गरेर आएका छन् । उनीहरुमा अधिकांश महिला देखिन्छन् ।

राजधानी बाहिरबाट नागढुङ्गा नाका हुँदै आज मंगलबार बिहान ७ बजेसम्म पाँच सयभन्दा बढी प्रदर्शनकारी काठमाडौं आइपुगेको जनाइएको छ । बस रिजर्भ गरेर आएका उनीहरुमध्ये बर्दियाबाट ४५ जना, तनहुँको आँबुखैरेनीबाट केशरमान श्रेष्ठको नेतृत्वमा २५ जना बिहान आइपुगेका हुन् ।

नागढुङ्गा नाकाको फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *