मिस टुरिजम नेपालको उपाधी रविना बराइलीलाई, मच्छेगाउँकी नरिना थापा मिस टुरिजम हेरिटेज
थानकोट ।
मिस टुरिजम नेपाल- २०२४ को उपाधि रविना बराइलीले जितेकी छिन् ।
प्रारम्भिक छनोटमा परेका १ सय जना प्रतियोगी मध्येबाट छनोट भएका अन्तिम १० जना प्रतियोगीहरू बीच भएको फिनालेमा बराइलीले उपाधि जितेकी हुन् । उपाधिसहित बराइलीले नगद १ लाख रुपैयाँ हात पारेकी छिन् ।
प्रतियोगिताको मिस टुरिजम हेरिटेजतर्फको उपाधि चन्द्रागिरि नगर निवासी नरिना थापा मगरलाई प्रदान गरिएको छ ।
मिस ब्युटी अफ द वर्ल्डको उपाधि निकिता गौतमले जितेकी छिन् ।
मिस बिजनेस ग्लोबलको ताज सोनु बर्देवाले जितेकी छिन् । प्रतियोगिता आरके इन्टरटेमेन्टले आयोजना गरेको हो ।












