सुन चाँदीको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको जनाएको छ ।
छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
चाँदीको मूल्य एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













