कस्ताे रहला आजकाे माैसम ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरकाे आकाशमा यतिबेला आंशिक बदली भइरहेको छ ।

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *