चन्द्रागिरि क्षेत्रमा हावाहुरीसहित वर्षा
थानकोट ।
दिनभर सामान्य रहेको चन्द्रागिरि नगर क्षेत्रको माैसममा साँझबाट बदली भएको छ ।
शनिबार साँझबाट चन्द्रागिरि नगर क्षेत्र लगायत काठमाडाैंका विभिन्न क्षेत्रमा मेघगर्जन तथा हावाहुरीसहित वर्षा भइरहेको हो।
हावाहुरीका कारण चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा विद्युत सेवा समेत प्रभावित भएको छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा दक्षिण आसाम आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










