उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनका लागि आज बैठक बस्दै

Thankot Times

थानकोट ।

उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी छलफलका लागि आज बैठक बोलाइएको छ।

भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी-पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट पारित १० बुँदे साझा सङ्कल्प अनुसार सर्वदलीय संयन्त्र गठनका लागि छलफल गर्न रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको रास्वपाले जनाएको छ।

बैठकमा दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ। विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित नगरी दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय गर्ने सहमति भएको थियो।

विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न एक ‘संसदीय समिति’ ( उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने सहमति भएको बताइएको छ।

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल केन्द्रित हुनेछ। प्रधानमन्त्री बालेन शाहलाई सर्वदलीय बैठक बोलाएर छलफल गर्न अग्रसर नदेखाएपछि रास्वपा सभापति रवि लामिछानेले यस अगाडि पनि सर्वदलीय बैठक बोलाएर छलफल गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *