नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग छिचोलिन अब ४ मिटर बाँकी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नरपालिका र धुनिवेशी नगरपालिकामा निर्माणाधीन राष्ट्रिय गाैरवको आयोजना नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको मुख्य सुरुङ छिचोलिन अब ४ मिटर बाँकी रहेको छ । 

 कुल २६८८ मिटर लम्बाइ रहेको मुल सुरुङ केही दिनभित्रै ब्रेक-थ्रु गर्ने तयारी सुरुङ मार्ग निर्माण आयोजनाले गरेको छ ।

यसअघि फागनु २३ गते मुल सुरुङ ब्रेक-थ्रुको तयारी भएपनि स्थानीयको अवरोध पछि काम ठप्प हुँदा आयोजना अनिश्चित भएको थियो ।

ठ्याक्कै १ महिना अवरुद्ध भएको सुरुङ मार्ग निर्माणको कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सुरुङ मार्ग पीडित स्थानीयसँग ९ बुँदे सहमति भएपछि चैत ६ गतेबाट पुनः सुचारु भएको हो ।

२५५७ मिटर लामो सुरुङ मार्गकै अर्को सुरुङ (रेस्क्यू टनेल) को गत साउन २२ मा ब्रेक-थ्रु भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *