नागढुङ्गा सुरुङ मार्गको ब्रेक-थ्रु मिति तोकियो, समय भने पण्डितले निर्धारण गर्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नरपालिका र धुनिवेशी नगरपालिकामा निर्माणाधीन राष्ट्रिय गाैरवको आयोजना नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको मुख्य सुरुङ २०८१ बैशाख ३ गते ब्रेक-थु गरिने भएको छ ।

कुल २६८८ मिटर लम्बाइ रहेको मुल सुरुङ मंगलबारसम्म २ मिटर खन्न बाँकी रहने सुरुङ मार्ग आयोजनाले जनाएको छ । जुन बाँकी भाग ब्रेक-थ्रु हुने दिन ब्लास्टिङ्ग गरेपछि पूर्वी र पश्चिमी दुवै खण्ड जोडिनेछ ।

मंगलबारसम्ममा १४ मिटरमध्ये १२ मिटर सम्पन्न गरि २ मिटर दूरीको क्षेत्र सुरक्षित रुपमा राखेर बैशाख ३ गते अन्तिम ब्रेक-थ्रु गर्ने तयारी भएको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिएको क्लिक माण्डुमा खबर छ।

‘मंगलबार थप एक मिटर सुरुङ्ग खनिएपछि प्राविधिकरुपमा सबै परिवेशले सहयोग गरेमा आगामी बैशाख ३ गते यो मार्गमा अन्तिम छेड्ने काम (बे्रक थ्रु) सम्पन्न गर्ने कार्यतालिका निर्धारण भएको छ,’ कोइरालाले भने ।

उनका अनुसार निर्माण कम्पनी हाज्मा एण्डो कर्पोरेशनका आयोजना प्रमुख केनइची इनोई अहिले जापानमा रहेकाले उनी नेपाल फर्केपछि मात्रै निर्धारित कार्यतालिकाअनुसार सुरुङ छेड्ने कार्यक्रम हुनेछ ।

ब्रेक-थ्रुका लागि समय भने अहिले निर्धारण गरिएको छैन् ।

ठेकेदार कम्पनीका प्रमुख इनोई नेपाल फर्केपछि बाहुन पण्डितबाट शुभ साइत निकालेपछि सोही समयमा पूजाआजा गरेर ब्रेक थ्रु गर्ने तयारी भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *