सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेकाे हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५३ रुपैयाँले घटेर तोलाको १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *