महानायक राजेश हमालको उपस्थितिमा आज चन्द्रागिरि नगरमा ‘क्लोथ बैंक’ अभियान सुरु गरिँदै
थानकोट ।
चन्द्रागिरि नगरमा पनि क्लोथ बैंक सञ्चालनमा आउने भएको छ ।
आज आइतबार महानायक राजेश हमालको उपस्थितिमा चन्द्रागिरि नगरपालिकामा क्लोथ बैंक अभियानको थालनी हुने कार्यक्रम छ ।
मानव सेवाका लागि देशका सात वटै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन: प्रशोधन गरेर आवश्यक पर्नेहरूका लागि निःशुल्क वितरण गर्ने उद्देश्य राखेको छ ।
देशका सातै प्रदेशमा बैंकका शो रुमहरु सञ्चालन गरिने र जो कोहीले प्रयोग गर्न मिल्ने क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जीसीले बताए ।
क्लोथ एन्ड फुड बैंक सञ्चालनमा ल्याउने चन्द्रागिरि नगर काठमाडाैंको दोश्रो स्थानीय तह हुनेछ, यसअघि टोखा नगरपालिकामा सो अभियान सुरु भइसकेको छ ।











