एपीएफको केन्द्रीय गोदाममा भएको आगलागी नियन्त्रणमा लिन ७ दमकल परिचालन, अझै निभेन आगो
थानकोट ।
चन्द्रागिरि नगरपालिका बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्री गोदाममा सोमबार मध्यान्हबाट सुरु भएको आगलागी अझै पूर्णतः नियन्त्रणमा आउन सकेको छैन् ।
आगो निभाउन चन्द्रागिरि नगरको एकसहित ७ वटा दमकल प्रयोग भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । यसैगरी खानेपानी ढुवानी गर्ने दर्जनाै ट्यांकरसमेत सो स्थानमा परिचालन गरिएका छन् ।
केन्द्रीय गोदाममा भएको भीषण आगलागीको विषयमा अध्ययन गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
आगोका कारण निस्किएको धुवाँको मुस्लो निकै परबाट समेत देख्न सकिन्छ ।










