सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामको निरीक्षणका लागि गृहमन्त्री लामिछाने बलम्बुमा
थानकोट।
चन्द्रागिरि नगरपालिका बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा सोमबार अपरान्ह आगलागी भएपछि विकसित घटनाक्रमको जानकारी लिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा आइपुगेका छन् ।
सोमबार बेलुकी घटनास्थलमा आएका गृहमन्त्री लामिछानेले आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका थिए ।
१० वटा दमकल र ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
एपिएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा विद्युत् चुहावट भएर आगलागी भएको अनुमान गरिएको छ ।
क्षतिको यकिन विवरण आएको छैन् ।










