ग्याल्बो लामा स्मृति राष्ट्रिय भेट्रान्स ब्याडमिन्टन: चन्द्रागिरिका खत्री र पोखरेल पहिलो
थानकोट ।
लायन्स क्लब पोखरा अन्नपूर्णले आयोजना गरेको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा चन्द्रागिरिका हरि खत्री र राजकुमार पोखरेलको जोडीले ४५ वर्ष समूहमा प्रथम स्थान हात पारेको छ ।यो जोडीले इन्द्र मल्ल र गुमान सिं गुरुङको जोडीको चुनाैती पन्छाउँदै नगद ५० हजार रुपैयाँसहित पहिलो पुरस्कारको ट्रफी र मेडल प्राप्त गरेको हो ।
सो स्पर्धाको सेमीफाइनलमा निराश बनेका विशाल हिराचन र अमृत गुरुङ तथा दिपक आङदम्बे र राजेन्द्र वाग्लेको जोडीले तेस्रो पुरस्कार पायो ।
प्रतियोगिताको ५५ वर्ष उमेरमा विष्णुलाल श्रेष्ठ र बुद्धि चौधरीको जोडी पहिलो हुँदै ५० हजार नगद पुरस्कार पायो । दोश्रो बनेको मनोज कुमार श्रेष्ठ र बुद्धिमान गुरुङको टोलीले दोश्रो स्थानमा रहँदै ३० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
यो स्पर्धाको तेस्रो स्थान राजेन्द्र गुरुङ र विर बहादुर आले तथा चन्द्र जोशी र हरि श्रेष्ठको जोडीले हात पारेका थिए ।
विजयी खेलाडीहरुलाई लायन्स क्लब इन्टरनेशनल ३२५ जे का डिष्ट्रिक गर्भनर हरि प्रसाद मरहत्ताले नगद पुरस्कार प्रमाण पत्र प्रदान गरेका थिए ।
महिला समूहतर्फ तिलमाया राना र सितल के.सी.को जोडी पहिलो हुँदा दिलसा राना र उर्मिला थापाको जोडीले दोश्रो स्थान हात पार्दा निरा राई र आयुस्मा नेपाल तथा समिना पुन र रमिला घर्तिमगरको जोडीले तेस्रो स्थान हात पार्यो ।













