सुनकाे मूल्यमा सामान्य गिरावट
थानकोट ।
काराेबार हुने साताकाे पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे बुधबार कारोबार सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य आज भने स्थिर छ ।
आज चाँदीको भाउ प्रतितोला एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













