टी-२० विश्वकपः नेपाल र नेदरल्यान्ड्सबीचको खेल टुँडिखेलमा ‘बिग स्क्रीन’मा निःशुल्क देखाइने
थानकोट ।
टी-२० विश्वकप अन्तर्गत भोलि मंगलबार बेलुकी ९:१५ बजेबाट सुरु हुने नेपाल र नेदरल्यान्ड्सबीचको खेल काठमााडाैंको टुँडिखेलमा नि:शुल्क देखाइने भएको छ ।
काठमाडौं महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहलमा नेपालको खेल ठूलो एलईडी स्क्रीनमा नि:शुल्क देखाइन लागिएको हो ।
ओपन डोर्स इन्टरटेनमेन्टका निर्देशक एलिन श्रेष्ठका अनुसार ३०x१६ फुटको स्क्रिनमा खेल देखाइने छ । साथै खेल सुरु हुनुअघि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल, भीयोमा लगायतका कलाकारले प्रस्तुति समेत दिने बताइएको छ ।














