‘धन्न खुलामञ्च राम्रो बनाइएछ’- प्रधानमन्त्री बालेन

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आफूमाथि कटाक्ष गरिएको भन्दै प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न वक्ताले प्रधानमन्त्री बालेनप्रति टिप्पणी गरेपछि उनले फेसबुकमार्फत प्रतिक्रिया जनाएका हुन्।

प्रधानमन्त्री बालेनले फेसबुकमा लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आइतबार खुलामञ्चमा भएको थियो। महाधिवेशनमा कांग्रेसका नेता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ