टी-२० विश्वकप: युगाण्डालाई ऐतिहासिक सफलता, ओमानमाथि अष्ट्रेलियाको सहज जित

Thankot Times

थानकोट । 

जारी टी-२० विश्वकप क्रिकेट उत्सव अन्तर्गत आज बिहान सम्पन्न खेलहरूमा अष्ट्रेलिया र युगाण्डाले जित हात पारेका छन् ।

अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो ।

ओमानका लागि आयान खानले ३६ रन बनाएका थिए भने मेहरान खानले २७ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर मार्कस स्टोइनिसले सर्बाधिक ३ विकेट लिएका थिए भने नाथन इलिस, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६७ रन बनाएका थिए भने डेभिड वार्नरले ५६ रन बनाएका थिए । त्यसैगरी ओमानका बलर मेहरान खानले २ विकेट लिएका थिए ।

समुह बि अन्तर्गत अस्ट्रेलियाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल जुन ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने ओमानले अर्को खेल जुन ९ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ ।

उता युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।

बिहीबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।

पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछाएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो ।

समुह सी मा रहेको युगाण्डाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितसँगै युगाण्डाले २ महत्वपूर्ण अंक हासिल गरेको छ ।

त्यस्तै पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब युगाण्डाले अर्को खेल जुन ९ मा वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै पिएनजीले अर्को खेल जुन १४ मा अफगानिस्तानसँग खेल्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *