कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस आजको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको आकाश अहिले बिहान सफा रहेको छ ।

देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ