टी-२० विश्वकप: स्कटल्याण्ड र भारत विजयी, आज एक खेल हुने

Thankot Times

थानकोट ।

जारी टी–२० विश्वकपमा ओमानमाथि शानदार जित हासिल गर्दै स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा स्कटल्याण्ड ७ विकेटले विजयी बनेको हो ।

ओमानले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य टोलीले मात्र ३ विकेटको क्षतिमा ४१ बल अगावै पछ्यायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो ।

समूह बीमा स्कटल्याण्ड ५ अङ्क बटुल्दै शीर्ष स्थानमा पुगेको छ । ३ खेलमा टोलीले २ मा जित हासिल गरेको छ भने १ खेलमा कुनै नतिजा निस्कन सकेन ।

समूहको दोस्रो स्थानमा अस्ट्रेलिया छ । एक खेल कम खेलेको टोलीको ४ अङ्क छ । ओमान भने ३ खेलमा जितविहीन रहेको छ ।

समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ ।

जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियोे ।

प्रतियोगिताअन्तर्गत आज दक्षिण अफ्रिका र बंगलादेशबीच खेल हुने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *