टी-२० विश्वकप खेल्न सन्दिप लामिछाने वेस्ट इन्डिज पुगे

Thankot Times

थानकोट ।

जारी टी-२० विश्वकप क्रिकेट खेल्न क्रिकेटर सन्दिप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।

नेपाल क्रिकेट संघले साेमबार एक विज्ञप्ति जारी गर्दै सन्दिप वेस्ट इन्डिज पुगेकाे जनाएको हाे ।

‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *