कतै यात्रा गर्दै हुनुहुन्छ? जान्नुहोस् दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।
केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।













