टी-२० विश्वकप क्रिकेटः दक्षिण अफ्रिका सुपर ८ मा, आज क्यानडा र पाकिस्तानबीच खेल हुने

Thankot Times

काठमाडौँ ।

जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ ।

आज समुह ए अन्तर्गतको बेलुकी क्यानडा र पाकिस्तानबीच खेल हुने तालिका रहेको छ । 

न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि शुरु हुँदै छ ।

जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।
 

प्रतियोगिता अन्तर्गत सोमबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । 

दक्षिण अफ्रिकाबाट ११४ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो ।

जितसँगै ६ अंकका साथ दक्षिण अफ्रिका समूह ‘डी’मा शीर्ष स्थानमा यथावत् छ । तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको २ अंक छ ।

यस समूहमा यी दुई टिमसँगै नेदरल्यान्ड्स, श्रीलंका र नेपाल पनि छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *