टी-२० विश्वकप क्रिकेटः अष्ट्रेलियाको लगातार तेस्रो जित, पावर प्लेमै टुंगियो खेल
थानकोट।
जारी टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित हात पार्दा सुपर ८ मा पुग्ने दोश्रो टिम बनेको छ। बुधबार बिहान अष्ट्रेलियाले नामिबियालाई पावर प्ले भित्रै जितेको हो।
जितका लागि पाएको ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमै पूरा गर्यो, कंगारु टोलीका लागि ट्राविस हेड ३४ र मिचेल मार्स १८ रन हानेर नट आउट रहे।
हेडले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने मार्सले ९ बलमा ३ चौका र १ छक्का हाने।
ओपनर डेविड वार्नरले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० रन जोडेका थिए।
पहिले ब्याटिङ गरेको नामिबियालाई अष्ट्रेलियाले १७ ओभरमा अल आउट गर्दै ७२ रनमा समेटेको हो।
अष्ट्रेलियाका लागि एडम जाम्पाले ४ विकेट लिए।
समूह चरणमा तीन खेल खेलेको अष्ट्रेलिया तीनै खेल जितेर ६ अंकका साथ शीर्षस्थानमा छ।
दोस्रो स्थानमा रहेको स्कटल्याण्डको ५ अंक छ।
तीन खेल नै खेलेको नामिबिया तेस्रो स्थानमा छ। इंग्लयाण्ड १ अंकका साथ चौथो र ओमान पुछारमा छ।
आज साँझ भारतले घरेलु टोली अमेरिकाको सामना गर्ने तालिका छ । सो खेलमा भारत पराजित भएमा पाकिस्तानको जारी विश्वकपमा अघिल्लो चरण पुग्ने अवसर सकिनेछ ।














