टी-२० विश्वकप क्रिकेटः सह-आयोजक वेस्ट इण्डिज अन्तिम आठमा, न्युजिल्याण्ड १३ रनले स्तब्ध
थानकोट ।
सह-आयोजक मुलुक वेस्ट इण्डिज जारी आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ।
बिहीबार बिहान न्युजिल्याण्डलाई पराजित गर्दै समूह चरणको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले अन्तिम आठमा स्थान पक्का गरेको हो।
वेस्ट इण्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ९ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
समूह ‘बी’मा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको वेस्ट इण्डिजले अब अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ।
अफगानिस्तान ४ अंकसहित दोस्रो स्थानमा छ। उसले अब वेस्ट इण्डिज र पपुवा न्युगिनीसँग खेल्नेछ।
न्युजिल्याण्डले अब युगान्डा र पपुवा न्युगिनीसँग खेल्न बाँकी छ। पहिलो खेल अफगानिस्तानसँग हारेको न्युजिल्याण्ड अंकबिहीन हुँदै पुछारमा छ ।














