थानकोट ।
जारी विश्वकपमा अपराजित मध्येको एक टोली अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड प्रतियोगिताको सुपर आठमा पुगेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको छ ।
स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सो अघि स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
यो जितसँगै अस्ट्रेलिया समुह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ ।
त्यस्तै समुह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल वर्षाले रद्ध हुदा ५ अंकसहित दोस्रो हुँदै सुपर आठमा पुगेको छ ।
त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अंक रहे पनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समुह चरणबाट बाहिरियो ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा नामिबियाविरुद्ध ४१ रनको जित निकालेको छ।
गएराति नै भएको खेलमा समूह बी को इङ्ल्याण्डले नामिबियाविरुद्ध जित निकाल्दै सुपर एटको सम्भावनालाई जीवित राखेको थियो। तर उसको सुपर एटको टुंगो भने अष्ट्रेलिया र स्कटल्याण्डबीचको खेलले लगाएको हो ।
अष्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा मात्र इङ्ल्याण्ड सुपर एटमा पुग्ने समीकरण बनेको थियो ।
वर्षाले प्रभावित हुँदा १० ओभरमा झारेर खेलाइएको इङ्ल्याण्ड र नामिबियाबीचको खेलमा नामिबियाले टस जितेर बलिङ रोजेको थियो। इंग्ल्याण्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाए पनि डिएलएस पद्धतिबाट १ सय २६ को टार्गेट बनाइदिएको थियो।
जवाफी ब्याटिङमा आएको नामिबियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र जोड्न सक्यो।