टी-२० विश्वकपः बंगलादेशसँग नेपाल २१ रनले पराजित

Thankot Times

थानकोट ।

जारी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको छ।

१०६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रनमा समेटिंंदा महत्वपूर्ण खेल जित्दै बंगलादेश प्रतियोगिताको सुपर ८ मा छनोट भएको छ।

नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।

टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो । 

नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *