टी-२० विश्वकप: आयाेजक अमेरिकामाथि दक्षिण अफ्रिकाको सहज जित

Thankot Times

थानकोट ।

जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठकाे खेलमा दक्षिण अफ्रिकाले आयाेजक अमेरिकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । अमेरिकाका लागि आन्द्रिज गोउसले सर्बाधिक ८० रन बनाएका थिए भने हर्मीत सिंहले ३८ रन बनाए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउदै १९४ रन बनाएको थियो । जसमा क्वेंटन डिककले सर्बाधिक ७४ रन बनाए भने कप्तान एडेन मार्क्रमले ४६, हेनरिक क्लासेनले ३६ तथा ट्रीस्टान स्टब्सले २० रन बनाएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठको समुह १ मा २ अंक हासिल गरेको छ ।

अब दक्षिण अफ्रिकाले अर्को खेल जुन २१ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन २२ मा वेस्ट इन्डिजसँग खेल्ने छ ।

प्रतियोगिता अन्तर्गत अहिले सहआयाेजक वेस्ट इन्डिज र इंग्ल्याण्डबीच खेल जारी छ।

तस्बिर: आईसीसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *