टी-२० विश्वकपको फाइनल समीकरण पूरा, साबिक विजेता इंग्ल्याण्ड सेमीफाइनलमा भारतसँग स्तब्ध
थानकोट ।
भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।
भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।
यस अघि भारतले पहिला ब्याटिंङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने छ ।
दक्षिण अफ्रिका अफगानिस्तानको चुनाैती पार लगाउँदै पहिलोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेल शनिबार राति ८: १५ बजेदेखि हुने छ ।
तस्बिरः एपीएफ











