आज निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै देवदर्शन साकोस
थानकोट ।
आज देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गर्दैछ
संस्थाको १६औं स्थापना दिवसको अवसरमा संस्थाले सो शिविर सञ्चालन गर्न लागेको हो ।

तिलगंगा आँखा अस्पताल गाैशला, मेडपोइन्ट अस्पताल सतुङ्गल लगायतका संस्थाको प्राविधिक सहयोगमा आयोजना हुन लागेको सो स्वास्थ्य शिविरमा रक्तचाप, मधुमेह, नशा तथा हाडजोर्नी, छाला तथा यौनरोग लगायतका रोगका विशेषज्ञ चिकित्सकले परामर्श दिने देवदर्शन साकोसका अध्यक्ष रामनारायण घिमिरेले जानकारी दिनुभयो ।
देव दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को मुख्यालय चन्द्रागिरि नगरपालिका-०५ दाउराडिपोमा आयोजनामा हुने सो शिविर बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म जारी रहने बताइएको छ ।










