कलंकीस्थित मालपोत कार्यलयमा आज रक्तदान शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

कलंकीस्थित मालपोत कार्यालय हातामा आज बिहीबार रक्तदान शिविर सञ्चालन हुँदैछ ।

लायन्स क्लब अफ चन्द्रागिरि र नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, इकाई समिति कलङ्कीको संयुक्त आयोजनामा यो शिविर सञ्चालन हुन लागेको हो ।

हिजो बुधबार रसुवा, नुवाकोट र धादिङ जिल्लामा गएको बाढी पहिरोबाट घाइते भएका मानिसहरुको उपचारका लागि सहजीकरणका लागि सो शिविर सञ्चालन हुने बताइएको छ। कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने लायन्स क्लब अफ चन्द्रागिरिका जयराम प्रसाद लुइँटेलले जानकारी दिए ।

यस मानवीय तथा सामाजिक सेवाको अभियानमा सहभागी भई रक्तदान गर्न सक्ने सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरी अमूल्य जीवन बचाउने कार्यमा सहयोग गरिदिनुहुन आयोजकले सबैमा अनुरोध गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *