सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
थानकोट ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
बिहीबार सुनको मुल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेर तोलाको १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको छ ।
यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ













