सुनको मूल्य घट्दा चाँदीको स्थिर
थानकोट ।
आज साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । सोमबार सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदी आज प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













