सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४ सय रूपैयाँमाखरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १ हजार ८ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *