८ औं दक्षिण एशियाली कराँते च्याम्पियनसिप खेल्ने कराँते टोलीलाई नरहरिपुर डोजोको सहयोग

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९, मच्छेगाँउस्थित नरहरीपुर डोजोले नेपाली कराँते टोलीलाई टोलीका लागि आवश्यक किटब्याग सहयोग गरेको छ ।

भुटानको राजधानी थिम्पुमा आयोजना हुने ८औं दक्षिण एशियाली कराँते च्याम्पियनसिप तथा एकेएफ रेफ्रि सेमिनार २०२४ मा सहभागी हुन जाने टोलीलाई डोजोले सामाग्री सहयोग गरेको हो ।

डोजोले नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ लगायतको उपस्थितिमा उक्त सामाग्री प्रदान गरेको डोजोका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी दिनुभयो।

प्रतियोगिता श्रावण १ देखि श्रावण ५ गतेसम्म आयोजना हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *