युरो कप-२०२४ को उपाधि स्पेनलाई, यमल बने सर्वोत्कृष्ठ युवा खेलाडी
थानकोट ।
इंग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले चौथोपटक युरोपियन च्याम्पियनसिप (युरो कप)को उपाधि जितेको छ ।
यो सँगै स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको छ ।
स्पेनले यअसघि सन् १९६४, २००८ र २०१२ गरी तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।
स्पेनलाई चाैथो पटक युरो कप दिलाउन निको विलियम्स र मिकेल ओयारजबलले गोल गरेका थिए भने इंग्ल्यान्डका कोल पाल्मेरले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
इंग्ल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि युरो-२०२० को फाइनलमा इटालीसँग सडेन डेथमा इंग्ल्यान्ड स्तब्ध बनेको थियो ।
जर्मनीमा सम्पन्न युरो-२०२४ को उपाधि विजेता स्पेनका १७ वर्षीय फरवार्ड लामिन यमल युरो–२०२४ को युवा खेलाडी बनेका छन् ।
स्पेनकै रोड्रिगो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए ।














